Nepali Poem मायालु By Bigen Rai

मायालु 
बल्झाएर पिडा सबै
दोहोर्यउन मन लाग्छ,
बर्त्तमान र अतितका
घाउहरु कोट्याउँन मन लाग्छ!
मायालु रुँन मन लाग्छ!

गएको पीडा फेरी पाउँदा
झन रुँन मन लाग्छ,
बल्झाएर पीडा सबै
दोहोर्यउन मन लाग्छ!
मायालु रुँन मन लाग्छ!

चिरा परेको मुटु मेरो
घाउ सबै आलै छ
जीवन चक्र दु:खै दु:ख छन्,
जीउन नै गार्हो छ,
मायालु रुँन मन लाग्छ!

असार- सावन झैं
अश्रुकण मेरो
अविरल बर्सिन्छ
जीवनभर संगै
जीउने संगी बिछोडदा
आशा मेरो मुर्झाउछ ।
मायालु रुँन मन लाग्छ!

दर्कने पानी नरोकिन्छ हेर
न मेरो मन मान्छ,
कसरी बाँचु घाउ सरह जीवन
दिन-रात पिरोल्छ!
मायालु रुँन मन लाग्छ!

Written and Submitted by :

श्री बिगेन राई
मेरिबोङ चियाबारी


Like our Facebook page for Latest Notification

Follow us on Google+

Enter your email address to get Notification to your Inbox:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top